Incident Reports

टिपरको ठक्करबाट एकको मृत्यु, पृथ्वी राजमार्ग अवरुद्ध

2015-12-31

Gandaki, Tanahun, Byas

तनहुँमा बिहीबार टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने अर्का एकजना सख्त घाइते भएका छन्। उक्त दुर्घटनामा घाँसीकुवा–८ छिर्कने निवासी मोटरसाइकलमा सवार अन्दाजी २० वर्षका सन्दीप कुँवरको घटनास्थमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक राकेश सिहंले जानकारी दिए। दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक सोही स्थान निवासी २२ वर्षीय सुरज थापालाई थप उपचारका लागि पोखरा पठाइएको छ। जिल्लाको डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना५ख ७५२३ नम्बरको टिपरले पृथ्वीराजमार्ग सडकअन्तर्गत घाँसीकुवा–८ छिर्कनेमा विपरीत दिशामा गुडिरहेको ग१०प ७२६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो। उक्त दुर्घटनापछि स्थानीयवासीले पृथ्वीराजमार्ग अवरुद्ध गरेका छन्। अवरुद्ध राजमार्ग खुलाउन प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा छन् । मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ। 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other violent form
Weapons None
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports