Incident Reports

मधेसी मोर्चाद्वारा सांसदलाई गाविस प्रवेशमा रोक

2016-01-01

Province 1, Morang, Rangeli

संयुक्त मधेशी मोर्चाले सांसदलाई नयाँ संविधान जनताको माझमा लिएर जान यहाँका १५ ओटा गाविस मा जान रोक लगाएको छ । मोर्चाले रंगेली, मझारे, बुधनगर, भाथिगछ, पोखरिया, कटहरी, शिशवनीजहदा, नोचासहितका १५ ओटा गाविसमा सांसदलाई गाविस छिर्न नदिने संयुक्त मधेशी मोर्चाका नेता राजकुमार यादवले बताए । काँग्रेस सांसदका अमृत अर्यालको क्षेत्र नम्बर ५ मा पर्ने अधिकांश दक्षिणी गाविसमा संविधान प्रचार कार्यक्रममा अघि बढ्न सकेको सांसद आर्यलको भनाइ छ । सांसद नआए संविधानका प्रति बाँढ्न दिने संयुक्त मधेसी मोर्चाले जानकारी दिएको छ । सरकारले जनताको संविधान जनताको माझमा सुरु गरेको छ । तर, सांसद प्रवेशमा रोक लगाइएपछि गाविस सचिवले कार्यक्रम गर्न नसक्ने भन्दै जिल्ला विकास समितिमा जानकारी गराएका छन् । जिल्लामा एक उपमहानगरसहित २७ वटा गाविसमा नयाँ संविधानसम्बन्धी जनतालाई बुझाउने कार्यक्रम बनाइएको छ । संविधानलाई थारु र मैथिली भाषामा समेत अनुवाद गरेर जनता समक्ष पुर्‍याउने काम भएको जिविस मोरङले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) State-level authorities for (yet to be formed) provinces
Actor 2 - Youth na
INSEC

0 Comments