Incident Reports

तीन सातामा रोल्पामा दुई महिलाको वेवारिसे शव फेला

2016-01-02

Lumbini, Rolpa, Rolpa

तीन साताको अवधिमा रोल्पामा दुई महिलाको वेवारिसे शव भेटिएको छ । सदरमुकाम लिबाङ नजिकैका गाउहरुमा फेला पारिएका शवको पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ । जंगल र गोठमा फेला पारिएका महिलाका शवहरु रहस्यपूर्ण अवस्थाका छन् । प्रहरीका अनुसार अर्धवैंस उमेरकी एउटी महिलाको शव धबाङ ९ को महिला सामुदायिक वनभित्र फेला परेको छ भने अर्की बृद्धा महिलाको शव कोटगाउ १ को सर्वसाधारणको एउटा गोठमा फेला पारिएको हो । स्थानीयले प्रहरीलाई महिलाका शव फेला पारिएका बारेमा खबर गरेपछि प्रहरीका टोलीहरु घटनास्थलमा पुगेर अनुसन्धान थालेका थिए । जिल्ला प्रहरी कार्यालयले दुवै महिलाका शवहरुको पोष्टमार्टम गरिएको तर पहिचान गर्न मुस्किल भएको जनाएको छ । महिलाका दुवै शव अर्ध नाङ्गा अवस्थामा समेत फेला पारिएका हुन् ।
National/Online Media

0 Comments