Incident Reports

धारिलो हतियार प्रयोग गरी बृद्धा महिलाको हत्या

2016-01-01

Lumbini, Pyuthan, Pyuthan

 खवाङ गाविस- ६ पुत्लीवाङकी ७२ वर्षीया बृद्धा रुमा गिरीको पुस १७ गते दिउँसो धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । बृद्धा महिला घरमा एक्लै रहेको अवस्थामा हत्या भएको र घटना कसले किन गरेको हो केही थाहा नभएको मृतकका दाइका छोरा जालिम गिरीले जानकारी दिए । मृतकका छोरा पुस १६ गते लिवाङ्ग गाविसस्थित आफन्त कहाँ गएको, बुहारी विद्यालयको घरमा नभएको र नाती नातिनी विद्यालय गएको समयमा सो घटना भएको जलिमले बताए । घटनाको जानकारी पाएपछि तत्काल घटनास्थलमा प्रहरी पुगी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अञ्जान कोइरालाले बताए । मृतकले लगाएको गहना घटनास्थलमा भेटिएको प्रहरीले जनाएको छ । शवको पुस १८ गते जिल्ला अस्पतालमा पोष्टमार्टम भएको पीडित परिवारले जनाएका छन् । रविन्द्र पाण्डे
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments