Incident Reports

सडेको अवस्थामा एक बालिकाको शव भेटियो

2016-01-05

Madhes, Sarlahi, Kaudena

सर्लाहीको कौडेनामा सडेको अवस्थामा एक बालिकाको शव फेला परेको छ । शव कौडेना गाविस-३ का रामसोगारथ चौधरीकी १२ वर्षकी छोरी रेखाकुमारी चौधरीको रहेको प्रहरीले बताएको छ । दुई हप्ता अघिदेखि बेपत्ता बालिकाको मंगलबार बिहान कौडेना गाविसकै एक नहरमा शव फेला परेको प्रहरीले जनाएको छ । बालिकाको खेतको डिलमा चिप्लिएर नहरभित्र डुब्दा ज्यान गएकाे हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक रमेशकुमार खड्काले जानकारी दिनुभयो । बालिकाको शरीरका अधिकांश भाग कुकुर र स्यालले खाएको अवस्थामा शव फेला परेको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो । उनको शव पोष्टमार्टमका लागि सर्लाही सदरमुकाम मलंगवामा रहेको जिल्ला अस्पतालमा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
Female Killed 1
Total Raped 00
National/Online Media

0 Comments