Incident Reports

बालिकालाई चकलेट दिएर बलात्कारको प्रयास गर्ने पक्राउ

2016-01-03

Province 1, Sunsari, Dharan, Ward 16

क्याटवरी चकलेट दिएर धरानकी ४ वर्षीया नाबालिकालाई बलात्कारको प्रयास गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। आफ्नै नजिकको नातेदार पर्ने बालिकालाई धरान–१६ का २३ वर्षीय कैलाश श्रेष्ठले क्याटवरी चकलेट दिने बहानामा ललाई फकाई बलात्कारको प्रयास गरेको खुल्न अाएको प्रहरीले जनाएको छ। उनका आफन्तहरुले इलाका प्रहरी कार्यालय धरानलाई जाहेरी दिएपछि श्रेष्ठलाई पक्राउ गरी प्रहरीले बिहीबार सार्वजनिक गरेको हो। गत पुस १९ गते साँझ ७ बजेतिर बालिकालाई श्रेष्ठले बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ। बच्चीको स्वास्थ्य चाँजपछि हाल घरमा लगिएको छ । श्रेष्ठमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । श्रेष्ठले आफ्नै घरमा बोलाएर बलात्कार गरेका थिए । बच्ची चिच्याएपछि आफन्तहरुले थाहा पाएपछि प्रहरीलाई जाहेरी दिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदमकुमार सिजापतिले बताए । ‘बच्चीलाई क्याटवरी दिएर ललाई फकाई गरेछ, डिएसपी सिजापतिले भने।’ आफन्तको जाहेरी आएपछि पक्राउ गरी कारबाही चलाइरहेको डिएसपी सिजापतिले बताए । त्यस्तै धरान–२० को मनास्लू होटलबाट बलात्कार गरेको अभियोगमा मोरङ डाँगीहाट–४ का २८ वर्षीय डिल्लीबहादुर भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भण्डारीलाई पनि प्रहरीले सार्वजनिक गरेको छ । भण्डारीले २३ वर्षीय युवतिलाई होटलमा मुख थुनी बलात्कारको प्रयास गरेका थिए । युवतीले दिएको उजुरीको आधारमा भण्डारीलाई नियन्त्रणमा लिएको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments