Incident Reports

​जनकपुरमा आन्दोलनकारीलाई व्यापारीले लखेटे, दुईवटा मोटरसाइकलमा आगजनी

2016-01-07

Madhes, Dhanusha, Janakpur

जनकपुरमा बजार बन्द गराउँदै हिँडेका आन्दोलनकारीलाई व्यापारीले लखेटेका छन् । आन्दोलनकारी तितरबितर भएपछि व्यापारीको समूहले दुईवटा मोटरसाइकलमा आगजनी गरेका छन् । बिहीबार बिहानैदेखि आन्दोलनकारीले पसल बन्द गराउँदै हिँडेका थिए । पाँच महिनादेखि आन्दोलनलाई समर्थन गरेर पसल बन्द गर्दा पनि आन्दोलनकारीले नबुझेर बिहानको समयमा खोलेको पसलमा समेत तोडफोड गरेकोे भन्दै व्यापारी आक्रोशित भएका हुन् । उनीहरुले जनक चोकमा ज १ प ५४१९ नम्बरको र एउटा अर्को नम्बर नखुलेको मोटरसाइकलमा आगजनी गरेका छन् । आगजनीबाट मोटरसाइकल पूर्ण रुपमा जलेको छ । ५० जना भन्दा बढीको समूहमा रहेका व्यापारीले जनक चोकमा भेला भएर आन्दोलनकारीलाई लखेटेका हुन् । घटनास्थलमा प्रहरी पुगेको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Secondary Form Violent demonstration
Weapons Fire
Primary Cause Other political issues
Secondary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth na
Totally damaged Vehicles 2
Severely damaged Vehicles 2
National/Online Media

0 Comments