Incident Reports

बेच्न लगिएका दुई किशोरीसहित दलाल पक्राउ

2016-01-07

झुक्याएर भारततर्फ बेच्न लगिँदै गरेका दुई बालिकालाई उद्धार गरी प्रहरीले दलालाई पक्राउ गरेको छ। उदयपुरका दुई बालिकालाई बेच्न भारत लग्दै गरेका लहान ४ का मोहम्मद मुख्तार(२३) लाई लहान प्रहरीले पक्राउ गरेको हो। उदयपुरको सिवाई– २ कि १५ वर्षीय र सोही ठाउँकी १४ वर्षीय किशोरीलाई प्रहरीले सिमावर्ती ठाढीबाट उद्धार गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरिक्षक उमा प्रसाद चतुर्वेदीले जानकारी दिए । मुख्तार दुवै बालिकालाई पुष १७ गत्ते घुम्न जाँउ भन्दै घरबाट लिएर हिडेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उद्धार गरिएका दुवै बालिकालाई अभिभावको जिम्मा लगाउने र मुख्तारलाई मानव बेचविखन तथा ओसारपसार ऐन अन्तर्गत कारबाही चलाउने तयारी भइरहेको चतुर्वेदीले बताए।

0 Comments