Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

2016-01-07

Madhes, Siraha, Karjanha, Ward 1

एक १२ वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा बडहरामाल गाविस- २ का १९ वर्षीय रामसुभक पासवानविरुद्ध इलाका प्रहरी कार्यालय मिर्चैयाले पुस २३ गते जिल्ला आदालतमा मुद्दा दर्ता गरेको छ । आरोपितले पुस २२ गते बलात्कारको प्रयास गरेको आरोपमा इलाका प्रहरी कार्यालय, मिर्चैयामा पीडित परिवारले सोही दिन जाहेरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा पुस २२ गते भएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्सपेक्टर कविन्द्रकुमार कार्कीका अनुसार आरोपितलाई पुस २२ गते नै गिरफ्तार गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments