Incident Reports

जनकपुरमा मोर्चाको लाठी जुलुस, सरकारी कार्यालयमा तालाबन्दी

2016-01-08

Madhes, Dhanusha, Janakpur

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लगायत आन्दोलनरत पक्षले शुक्रबार जनकपुृरमा लाठी जुलुस प्रदर्शन गर्दै सरकारी कार्यालयमा तालाबन्दी गरेका छन् । जनकपुरको पिडारीचोकबाट एक हजार जनाभन्दा बढीको संख्यामा आएका आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, मालपोत कार्यालय, नापी कार्यालय, कृषि कार्यालय, जिल्ला वन लगायत कार्यालयमा तालाबन्दी गरेका हुन् । यसअघि बिहीबार राजश्व संकलन गर्न लागेको भन्दै आन्तरिक राजश्व कार्यालयमा मोर्चाले तालाबन्दी गरेका थिए । त्यस्तै बिहीबार केहि व्यापारीको समूहले मोर्चाका दुई नेताको दुई वटा मोटरसाइकल जलाएको विरोधमा आन्दोलनकारीले शुक्रबारबाट सम्पूर्ण शिक्षण संस्था, बजार, व्यावसाय बन्द गराउँदै आन्दोलन चर्काएका छन् । जनकपुर उद्योग बाणिज्य संघले प्रेस विज्ञप्ती जारी गरी आगजनी घटनामा कुनै व्यापारीहरुको संलग्नता नरहेको भन्दै त्यस्ता कार्य गर्नेहरु घुसपैठिया तत्व रहेको दावी गरेको छ । आन्दोलनकारीले आगजनी घटनामा संलग्न रहेको भन्दै चार जना व्यापारीको पसलमा तालाबन्दी गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Secondary Cause Other political issues
Actor 1 - Number of people 1000
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments