Incident Reports

आठ वर्षीय बालक अपहरणमा

2016-01-10

Madhes, Mahottari, Ekdanra

महोत्तरीको भटौलिया गाविसबाट गएराति एक आठ वर्षीय बालक अपहरणमा परेका छन्। भटौलिया–८ बस्ने रवीन्द्र महासेठका आठ वर्षीय छोरा चिरञ्जीवी महासेठ अपहरणमा परेको पीडित परिवारले जनाएको छ। बालक महासेठलाई गएराति ७ बजे भटौलिया–३ बस्ने लक्ष्मी साहका छोरा १५ वर्षीय अनिसकुमार साहले घरबाहिर बोलाएर जिल्लाको बर्दिबासबाट आएका रोहन भन्ने साथीलाई दिएर अपहरण गराएको अपहृत बालकका बुबा रवीन्द्र महासेठकाे अाराेप छ। परिवारजनसहित छिमेकीले रातभरि बालक महासेठलाई सबैतिर खोजतलास गर्दा पनि उनी फेला परेका छैनन्। साेमबार बिहान अपहरणमा संलग्न भनिएको अनिसकुमार साहले बालक महासेठलाई बर्दिबासबाट आएको रोहनले लगेको बताएपछि स्थानीयवासीले उनलाई समातेर जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएका छन्र। बालक अपहरण गराएको आरोपमा पक्राउ गरी ल्याइएका स्थानीयवासी अनिसकुमार साहलाई प्रहरीले हिरासतमा राखी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments