Incident Reports

यौन दुर्व्यवहार घटनाको आरोपित गिरफ्तार

2016-01-08

Province 1, Udayapur, Triyuga

 १६ वर्षीया बालिकालाई यौनदुर्व्यवहार गरेको आरोपमा जिल्ला शिक्षा कार्यालयका लेखापाल महेश पन्त कार्यालय परिसरबाटै पुस २७ गते प्रहरीको गिरफ्तारीमा परेका छन् । आरोपितले पुस २४ गते बालिकाको संवेदनशील अंगमा छोएर बलात्कारको प्रयास गरेको अभिभावकले बताएका छन् । घटनाको दुई दिनपछि बालिकाले अभिभावकलाई जानकारी गराएपछि पीडितका आफन्त पुस २६ गते आरोपितको डेरामा पुगेका थिए । डेरामा उनी फेला नपरेपछि अभिभावक पुस २७ गते जिल्ला शिक्षा कार्यालयमा पुगेका थिए । कार्यालय पुग्नसाथ पीडितका अभिभावकले होहल्ला गर्न थालेपछि घटना सार्वजनिक भएको थियो । सोही क्रममा पीडितका अभिभावकले आरोपितमाथि कुटपिट गर्ने प्रयास गर्न लाग्दा आरोपित भागेर कार्यालय प्रमुखको क्वाटरमा पुगेका थिए । क्वाटरभित्र पसेका पन्तलाई प्रहरीले तत्काल गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरेन्द्रबहादुर गुरुङले बताए । आरोपितविरुद्ध पीडित पक्षले पुस २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । भरत खड्का
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments