Incident Reports

घाँस काट्दै गरेकी गर्भवतीको हत्या

2016-01-11

Sudurpashchim, Bajhang, Thalara, Ward 1

गर्भवतीकोे हत्या आरोपमा बझाङमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दङ्गाजी्–२ का २७ वर्षीय देवीलाल जोशी र २५ वर्षीय प्रकाश जोशी रहेका जिल्ला प्रहरी कार्यालयलका प्रहरी निरीक्षक देवेन्द्र मल्लले जानकारी दिए । दङ्गाजी–५ निवासी २५ वर्षीय पार्वतीदेवी जोशीको आइतबार साँझ शङ्कास्पद मृत्यु भएकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मृतकका आफन्तले उनीहरु दु्बै मिलेर हत्या गरेको प्रहरीलाई जानकारी गराएका थिए। ती महिला घाँस काटी घर ल्याउन घाँस बाँधिसकेको अवस्थामा पिपलकोट भन्ने ठाउँबाट झन्डै ३५ मिटर तल घोप्टो अवस्थामा शव फेला परेको थियो। मृतकको पेटमा पाँच-छ महिनाको शिशुसमेत रहेको प्रहरीले बताएको छ । अभियुक्त दुबैलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मल्लले जानकारी दिए। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 2
Female Killed 1
National/Online Media

0 Comments