Incident Reports

महोत्तरीमा फेरि एक बालक अपहरित

2016-01-14

Madhes, Mahottari, Jaleswor

महोत्तरीमा फेरि एक बालक अपहरित भएका छन् । जलेश्वर नगरपालिका- १२ मलिवाराका नवीन पाण्डेका ११ वर्षीय बालक निश्चल पाण्डे अपहरण परेको परिवारजनले बताएको छ । पाण्डेलाई अज्ञात समूहले पुस ३० गते बिहीवार साँझ भिठामोड जनकपुर सडक खण्डको भिट्ठामोड बसपार्कबाट अपहरण गरेको थियो । अलहेप्स इङ्गलिश बोर्डिङ स्कुल जलेश्वरमा कक्षा पाँचमा अध्ययनरत पाण्डे तीनदेखि अपहरणमा परेपछि उनको घरमा रुवावासी चलेको छ । पीता नविन पाण्डेले छोरालाई अपहरणमुक्त गराउन प्रहरी, नागरिक समाज र मानवअधिकारकर्मीसँग आग्रह गरेका छन् । अपहरित बालकका खोजीका लागि व्यापकरूपमा प्रहरी परिचालन गरिएको र अपहरित बालकको अपहरणमा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि तीन जनालाई गिरफ्तार गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी जनक भट्टराईले बताए । केही दिन अघि भटौलिया गाविस-२ बस्ने रबिन्द्र महासेठका आठ वर्षीय छोरा जेनिस भन्ने चिरञ्जीबी महासेठलाई अपहरण पछि हत्या गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments