Incident Reports

तराईका जिल्लामा आज मोर्चाको लाठी जुलुस

2016-01-17

पाँच महिना बढी समयदेखि आन्दोलनरत् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराईका विभिन्न जिल्लाहरुमा शनिबार लाठी जुलुस प्रदर्शन गरेको छ । मोर्चाले पुस-२५ मा घोषणा गरेको को माघ ७ सम्मको आन्दोलनको कार्यक्रम अनुसार माघ-२ गते जिल्ला सदरमुकाममा लाठी जलुस एवं सभाको कार्यक्रम थियो । पूर्व निर्धारित आन्दोलनको कार्यतालिका अनुसार आज मधेसका जिल्लाहरुमा लाठी जलुस प्रर्दशन गरिएको हो । सर्लाही- मधेसी मोर्चाले शनिवार मलंगवामा लाठि जुलुस प्रदर्शन गरेको छ । पछिल्लो समय मोर्चाले जुलुसमा सहभागीता बढी देखाएर आन्दोलन सशक्त रहेको सन्देश दिएको हो । जुलुसमा सभागी हुन अधिकांस गाउँवाट मोटरसाइकल, ट्रयाक्टर र बसमा लाठि सहित प्रदर्शनकारी आएका थिए । जिल्ला विकास चोकवाट सुरु भएको जुलुस नगर परिक्रमापछि कोणसभामा परिणत भयो । लामो अन्तरालपछि मोर्चाले ठूलो मास सहित मलंगवामा प्रदर्शन गरेको हो । प्रदर्शन शान्तिपूर्ण सम्पन्न भएको थियो । बारा-मोर्चाले कलैयामा शनिवार लाठी जुलुस प्रदर्शन गरेको छ । गाउँ गाउँबाट आएका हजारौं मोर्चाका कार्यकर्ता तथा समर्थकहरुले कलैया नगरमा प्रदर्शन गरेका हुन् । मधेस आन्दोलनको माग तत्काल सम्बोधन गर भन्दै उनीहरुले नारा लगाएका थिए । उनीहरु सबैले हातहातमा लठी र भट्टा बोकेका थिए । कलैयाको श्री ३ श्री चन्द्र माविमा भेला भई देवकोटा चोक हुँदै मुख्य बजारको रोडबाट भरतचोकमा पुगेर विरोध सभा भइरहेको छ । प्रदर्शनपछि विरोधसभामा मोर्चाका केन्द्रीय तथा स्थानीय नेताहरुले ११ बुँदे माग सम्बोधन नभए आन्दोलन जारी राख्ने बताए । राजविराज- मोर्चाले राजविराजमा लाठी जुलुस प्रदर्शन गरेको छ । राजविराजस्थित शिव मन्दिरबाट निस्किएको लाठी जुलुस नगरको विभिन्न भागलाई परिक्रमा गर्दै जनआन्दोलन चौकमा पुगेर विरोध सभामा परिणत भएका थिए । सोही क्रममा स्थानीय प्रहरीले मोर्चाका कार्यकर्ताहरुलाई पक्राउ गरी झुठा मुद्दा लगाउने गरेको भन्दै राजविराजस्थित जिल्ला प्रहरी कार्यालय अगाडी केही बेर प्रहरी-प्रशासन विरुद्ध मोर्चा कार्यकर्ताहरुले नाराबाजीसमेत गरेका थिए ।

0 Comments