Incident Reports

बालिका बलात्कृत, मुद्दा मिलाउन दबाब

2016-01-11

पाँचथरको पञ्चमीमा एक बालिकामाथि जबर्जस्ती करणी भएको छ । बालिकालाई खेताला जाँदा जबर्जस्ती करणी गरेको भन्दै पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएकी छिन् । बालिकामाथि मोरङका हेमराज अधिकारीले पुस २३ गते जबर्जस्ती करणी गरेको आरोप छ । सो दिन खेताला जाँदा ९ बजेदेखि बेलुकी ७ बजेसम्म बन्धक बनाइएको र जबर्जस्ती करणी गरिएको आमाले बताएकी छिन् । खेताला बोलाउने घरका धनी नरबहादुर योङहाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । बारम्बार गएर बालिकालाई खेताला बोलाउने योङहाङका छोरा विक्रम र विजय रहेको भन्दै उनीहरु विरुद्ध किटानी जाहेरी परेको हो । अहिले जबर्जस्ती करणीको अभियोग लागेका अधिकारीसँगै सहयोगी भूमिका खेलेका भनिएका योङहाङका दुवै छोरा फरार रहेका छन् । तर प्रहरीले भने यस विषयमा केही अस्पष्टता रहेकाले तत्काल भन्न नसकिएको र अनुसन्धान भइरहेको जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण पनि पुस २८ गते गरिएको छ । प्रतिवेदनले जबर्जस्ती करणी भएको पुष्टि गरेको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ । तर घटनालाई मिलाउन जिल्लास्थित केही राजनीतिक दलका नेताले प्रयास गरिरहेका छन् । रु दुई लाख पीडित पक्षलाई दिएर मिलाउने पक्षमा केही दलका नेता तथा कार्यकर्ताले बल गरिरहेका पीडित बालिकाकी आमाले बताएकी छिन् । आफूलाई जिल्ला प्रहरी कार्यालय परिसरमै ‘रु दुई लाख अहिले दिन्छौँ, मिल’ भन्दै चर्को दबाब दिएको उनले बताइन् । उनले छोरीको इज्जत पैसासँग नसाट्ने बताएकी छिन् । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments