Incident Reports

नाबालिका बलात्कार अभियोगमा १५ वर्षीय बालक पक्राउ

2016-01-14

Madhes, Saptari, Tirahut

सप्तरीमा पाँच वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा गोइठी गाविस–५ का १५ वर्षीय एक बालकलाई प्रहरीले पक्राउ गरेको छ । आरोपितविरुद्ध पीडितका बुवाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । विद्यालयबाट पढेर फर्केकी बालिका र उनकी दिदीलाई आरोपितले गत बिहीबार अपरान्ह ४ बजे आफ्नो घरको गोठमा खेल्न बोलाएका थिए । आरोपितले दुव्र्यवहार गर्न खोजेपछि पीडित बालिकाकी दिदी उम्केर भागेकी थिइन् भने पीडित भाग्न सकिनन् । पीडित रोएको र पीडितकी दिदीको हल्ला सुनेर आएकी उनकी हजुरआमाले हल्लाखल्ला गरेपछि आरोपित भागेका थिए । बलात्कृत भएकी पीडित गम्भीर विरामी परेपछि राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा उपचाररत छिन् । आरोपितलाई प्रहरी सुरक्षा बेस क्याम्प लोहजराले बिहीबार राति नै गिरफ्तार गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेको छ । पीडितको स्वास्थ्य परिक्षण शुक्रबार राजविराज अञ्चल अस्पतालमा भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाले कार्यालय खुलेपछि आइतबार मुद्दा दर्ता गरी कारवाही प्रकृया अगाडि बढाउने जनाएको छ ।

 Rajesh Kafle 

पाँच वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा गोइठी गाविस-५ का १३ वर्षीय एक बालकलाई जिल्ला अदालतले माघ २१ गते बालसुधार गृह पठाउने आदेश गरेको छ । जिल्ला न्यायाधीश राजेश काफ्लेको आदेशले आरोपित बालकालाई बालसुधार गृह पठाउने आदेश गरेको स्रेस्तेदार नवराज दुलालले जानकारी दिए । विद्यालयबाट पढेर फर्केकी बालिकालाई आरोपितले पुस ३० गते अपरान्ह ४ बजे आफ्नो घरको गोठमा खेल्न बोलाई बलात्कार गरेको आरोपमा प्रहरी सुरक्षा बेस क्याम्प लोहजराले पुस ३० गते राति गिरफ्तार गरेको थियो । पीडितका बुवाले जिल्ला प्रहरी कार्यालयमा पुस ३० गते उजुरी दिएपछि पीडितको स्वास्थ्य परिक्षण राजविराज नपा-३ स्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा माघ १ गते भएको थियो । जिल्ला प्रहरी कार्यालयले माघ ३ गते मुद्दा दर्ता गरी कारवाही प्रकृया अगाडि बढाएको थियो । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments