Incident Reports

बुहारी हत्याको आरोपमा एक वर्षपछि ससुरा गिरफ्तार

2016-01-18

Madhes, Saptari, Belhi Chapena

मलेकपुर गाविस-३ की २७ वर्षीया अनुपमा साहको हत्या आरोपमा उनका ससुरा ६१ वर्षीय रामस्वरुप साहलाई प्रहरीले ०७२ माघ ३ गते गिरफ्तार गरेको छ । घरायसी विवादमा आरोपितसहित घरपरिवारका सदस्यहरूले ०७१ माघ ४ गते बिहान आगो लगाई हत्या गरेको भन्दै मृतकका दाजुले दिएको उजुरीका आधारमा एक वर्षपछि आरोपितलाई गिरफ्तार गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरेको इन्स्पेक्टर सुरज खड्काले जानकारी दिए । आगोले जलेर घाइते भएकी पीडितको ०७१ माघ ४ गते उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । मृतकको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ०७१ माघ ४ गते पोष्टमार्टम भएको थियो । पीडितका दाजु राजविराज नपा-५ का ३० वर्षीय रञ्जित साहले ०७१ माघ १३ गते आरोपितसहित नाम थाहा नभएकी ५५ वर्षीया निजकी पत्नी, मृतकका पति ४२ वर्षीय बैजनाथ साह र बैजनाथकी जेठी पत्नी ३६ वर्षीया बीनादेवी साहविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी उजुरी दिएका थिए । यसैगरी उनले ०७१ चैत २३ गते जिल्ला हुलाक कार्यालय राजविराजमार्फत जाहेरी पठाएका थिए । जिल्ला प्रहरी कार्यालयले जाहेरी दर्ता नगरेपछि पीडितका दाजु रन्जित साहले पुनरावेदन अदालतमा दिएको रिट निवेदनमाथि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तेजबहादुर राईको संयुक्त ईजलाशले ०७२ असार ६ गते जाहेरी दरखास्त तत्काल विधिवित दर्ता गरी कानुनबमोजिम अनुसन्धान गर्न गराउन आदेश दिएको थियो । आरोपित बैजनाथ साहको जेठी पत्नी बीनादेवी साहबाट सन्तान नभएपछि सामाजिक परम्परानुसार पीडितसँग ०६९ बैशाख १४ गते विवाह भएको थियो । पीडिततर्फ एक छोरा छन् । गिरफ्तार आरोपित साहले बुहारी अनुपमाले शरिरमा आगो लगाई आत्महत्या गरेको भनी जिल्ला प्रहरी कार्यालयमा ०७१ माघ ४ गते निवेदन दर्ता गराएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Fire
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments