Incident Reports

अपहरणमा परेका बालकको शव खर घारीमा भेटियो

2016-01-14

Madhes, Mahottari, Gaushala, Ward 4

महोत्तरीको जलेश्वर-१२ मलिवाराबाट बिहीबार साँझ अपहरणमा परेका ११ वर्षीय बालकको गएराति शव फेला परेको छ। जलेश्वर-१२ मलिवारा गाउँ बस्ने नवीन पाण्डेका ११ वर्षीय छोरा निश्चल पाण्डेको शव जलेश्वर-१३ स्थित रातो खोलाको पश्चिम किनारमा खर (घाँस) घारीमा गाडिएको अवस्थामा गएराति फेला परेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए। अपहरणकारीले बिहीबार साँझ बालक पाण्डेलाई मलिवारा बसबिसौनीमा घुमिरहेका बेला अपहरण गरी लगेकामा उनलाई परिवारले टोल, छिमेक र आफन्त गरी सबैतिर खोजतलास गरिसके पनि उनको कुनै पत्ता लागेको थिएन। घटनासम्बन्धी अनुसन्धानका लागि प्रहरीले शुक्रबार जलेश्वरका तीनजना युवालाई पक्राउ गरेको थियो भने उनीहरुकै सहयोगमा बालक पाण्डेलाई हत्या गरेर गाडिएको ठाउँबाट शव बरामद गरेको जिप्रका, महोत्तरीले जनाएको छ। मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल, जलेश्वरमा ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। Update -------- बालक अपहरणपछि हत्यामा संलग्न थप एक अभियुक्त पक्राउ जलेश्वर १२ मलिवाडा घर भएका नविन पाण्डेका ११ वर्षीय छोरा 'क्युट' उपनाम रहेका निश्चल पाण्डेको अपहरण पश्चात हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा थप एक जनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्रेको छ। nepalipatro-nagarik जलेश्पर नगरपालिका ८ रतवाडा घर भई हाल जलेश्वर नगरपालिका २ बस्ने २० वर्षीय शिवम् चौधरीलाई बालक पाण्डेको अपहरण घटनामा संलग्न रहेको आरोपमा पक्रेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। पक्राउ परेका चौधरीको बालक हत्याको घटनामा हात नरहे पनि अपहरणको योजना बनाउन र पीडित परिवारलाई फोन सम्पर्क गरेर फिरौति माग्ने कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएपछि उनलाई पक्रेको हो। चौधरीलाई अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखी थप अनुसन्धान भई रहेको र उनीमाथि अपहरण तथा शरीर बन्धक शीर्षकमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ। यसअघि बालक पाण्डेको अपहरण पश्चातहत्या गरेको घटनामा संलग्न रहेका जलेश्वर नगरपालिका १ का २७ वर्षीय पप्पु यादव, जलेश्वर नगरपालिका ६ का २१ वर्षीय गोविन्दकुमार मिश्र, जलेश्वर १२ मलिवाडाका २७ वर्षीय सरोज पाण्डे र मलिवाडा १२ कै संजिव मिश्रलाई पक्राउ गरी चारै जनामाथि अपहरण गरी कत्र्वय ज्यानअन्तर्गत मुद्दा चलाइ सकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी जनक भट्टराईले बताए। पुस ३० गते बिहीबार मलिवाडा स्थित बस स्टैड चौकमा आफ्ना बुबा नविन पाण्डेको पसलबाट फर्कने क्रममा बालक पाण्डेलाई अपहरण गरी सोही दिन नाकमुख थिचेर घाँटी निमोठी हत्या गरिएको थियो। बालकको शव माघ ३ गते आइतबार राति १० बजे जलेश्वर १३ स्थित रातो खोलाको पश्चिम किनारमा खरघारीमा खोल्डो खनी गाडेको अवस्थामा फेला परेको थियो। अपहरणकारीहरुले पीडित परिवारसँग ९८४४२७७८५० नम्बरको मोवाइलबाट फोन गरेर अश्लिल गाली गलौज गर्दै फिरौती बापत ३० लाख रुपैयाँ माग गरेको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments