Incident Reports

स्वास्थ्यकर्मीको घरमा बम विष्फोट

2016-01-17

Madhes, Saptari, Ward 7

घोघनपुर स्वास्थ्य चौकीका अहेव उपेन्द्रप्रसाद साहको कञ्चनरुप नपा-१ स्थित घरमा अज्ञात समूहले माघ ३ गते राती पाईप बम विष्फोट गराएको छ । घटनास्थलबाट १३ सेन्टिमिटर लामो र १६ सेन्टिमिटर गोलाई भएको जीआई पाईप तथा फलामको नटबल्टु फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जानकारी दिएको छ । इन्स्पेक्टर मेघराज अधिकारीकाअनुसार बम साहको घर अगाडि रहेको फूलबारीमा विष्फोट भएको थियो । बिष्फोटबाट मानवीय तथा भौतिक क्षति नभए पनि घटनापछि साह परिवार र छिमेकीहरू आतङ्कित बनेका छन् । भगतसिंह नाम बताउने व्यक्तिले भारतीय नम्बरबाट साहको मोबाइलमा फोन गरेर दस लाख रुपैयाँ चन्दा मागेको केही समय पछि नै बम बिष्फोट भएको साहले बताए । रकम नदिए सो समूहले उनका परिवारका सदस्यलाई मार्ने धम्कीसमेत पीडित साहले बताए । घटनामा संलग्नहरूको खोजी सुरु गरिएको इलाका प्रहरी कार्यालय, कञ्चनरुपले जनाएको छ । मनोहरकुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Extortion
Weapons Improvised explosive device (IED)
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports