Incident Reports

जागिरको प्रलोभनमा सामूहिक बलात्कार

2016-01-19

Bagmati, Kathmandu, Kathmandu

जागिरको सपनामा काठमाडौं छिरेकी युवती सामूहिक बलात्कारको सिकार भएकी छन् । चिनजानकी दिदीको सहयोगमा धनगढीबाट काठमाडौं आएकी २० वर्षीया युवती भोलिपल्टै सामूहिक बलात्कारमा परेकी हुन् । गेस्ट हाउसमा लगेर थुनियो: २६ पुसमा नयाँ बसपार्कको शुभकामना गेस्ट हाउसमा युवतीको बलात्कार भएको हो । धनगढीकै ४० वर्षीया दुर्गादेवी रतलाले जागिर लगाइदिने भन्दै उनलाई गेस्ट हाउसमा राखेर युवकहरूसँग जबर्जस्ती सम्बन्ध राख्न लगाएकी थिइन् । आफूलाई गेस्ट हाउसमा पाँचजनाले बलात्कार गरेको पीडित युवतीले प्रहरीसमक्ष बताएकी छन् । रतलाले युवतीलाई गत २४ पुुसमा काठमाडौं ल्याएकी थिइन् । पहिलो दिन उनी एक्लै गेस्ट हाउसमा बसेकोमा भोलिपल्ट जागिरका लागि कुरा गर्न भन्दै रतलाले शुभकामना गेस्ट हाउस पुर्‍याएकी थिइन् । गेस्ट हाउसको कोठाभित्र पाँचजना युवक बसिरहेका थिए । युवतीलाई त्यहाँ पुर्‍याएर बाहिरबाट चुकुल लगाइदिएर रतला हिँडेकी थिइन् । वेश्यावृत्तिमा लगाउने योजना : प्रहरी रतलाले ती युवतीलाई जागिरको प्रलोभनमा वेश्यावृत्तिमा लगाउन खोजेको प्रहरी अनुसन्धानबाट खुलेको छ । रतलासहित दुईजनालाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको महिला तथा बालबालिका सेल काठमाडौंकी प्रमुख इन्सपेक्टर पूर्णिमा चन्दले बताइन् । रतलाले त्यसबापत १० हजार रुपैयाँ लिएकोसमेत खुलेपछि बेचबिखन मुद्दामा पनि कारबाही अघि बढाएको छ । अभियुक्तहरूले होटेलमा नक्कली नाम र फोन नम्बर टिपाएर कोठा बुक गरेका थिए । घटनाको भोलिपल्ट प्रहरीले गेस्ट हाउसबाट युवतीलाई उद्धार गरेको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments