Incident Reports

अँध्यारोमा आक्रमण गरी लुट्ने समूह पक्राउ

2016-01-18

Bagmati, Kathmandu, Kathmandu

बेलुकाको समयमा बाटो कुरेर बस्ने र धारिलो हतियार प्रयोग गरी लुटपाट गर्ने ‘खतरनाक’ समूह पक्राउ परेको छ । धनमाल लुटेपछि पनि हतियारले हानेर घाइते बनाई भाग्ने समूहलाई प्रहरीले १० महिनाको अनुसन्धानपश्चात् पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धले मकवानपुरका भीम तामाङ, गौतम थिङ, सिन्धुपाल्चोकका अनिल विकलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । तामाङ र थिङ कलेज पढ्ने विद्यार्थी हुन् । तामाङ साइपल एकेडेमी तथा गौतम गोल्डेनगेट कलेजका विद्यार्थी हुन् । मोजमस्तीका लागि उनीहरू लुटपाट धन्दामा लागेको प्रहरीले जनाएको छ । प्राय: साँझको समयमा उनीहरूले लुटपाट र आक्रमण गर्दै आएका थिए । हतियारसहित उनीहरूलाई पक्राउ गरिएको बौद्ध वृत्तका डिएसपी नरहरि रेग्मीले बताए । बेलुका ६ बजेपछि रड तथा खुकुरीसहित बाटोमा बस्ने र एकान्तमा आक्रमण गरी पैसा, मोबाइललगायत धनमाल चोरी गर्ने गरेको डिएसपी रेग्मीले बताए । ‘यस्ता क्रूर अपराधी अहिलेसम्म मैले देखेको थिइनँ,’ डिएसपी रेग्मीले भने, ‘सम्पत्ति लुटपाट गरिसकेपछि पनि उनीहरूले कतिपयलाई क्रूर आक्रमण गरी घाइते बनाएका छन् ।’ पक्राउ परेकाहरूलाई डाँका, चोरी तथा ज्यान मार्ने उद्योगलगायतका मुद्दा चलाउने प्रहरीले जनाएको छ । उनीहरूको गरेका लुटपाट र आक्रमणका ६ घटना यस्ता छन्– विभिन्न समयमा भएका अपराधको विवरण घटना १ १६ मंसिर ०७२ घटनास्थल : गोकर्णेश्वर– १६, आरुबारी विवरण : नवलपरासी जौबारी घर भई आरुबारी बस्ने ५७ वर्षीय विष्णुप्रसाद घिमिरेलाई बेलुका ९ बजे कुटपिट गरी १६ हजार नगद र मोबाइल लुटपाट । लुटपाटपछि खुकुरीले हानेर घिमिरेलाई घाइते बनाएको । घटना नंं. २ १७ पुस ०७२ घटनास्थल : तीनचुली, बौद्ध विवरण: राति करिब पौन १० बजे तीनचुली बौद्ध बस्ने ३२ वर्षीय कर्मा वांगेल लामामाथि आक्रमण र लुटपाटको प्रयास । घटना नंं. ३ २९ पुस ०७२ घटनास्थल : कपन विवरण : सााझ ७ बजे कपन बस्ने २१ वर्षीय सन्तोष खड्कालाई धम्काई मोबाइल र नगद लुटपाट । मोबाइल र नगद लुटेपछि रडले आक्रमण । घटना नंं. ४ ३० पुस ०७२ घटनास्थल : रामहिटी विवरण : कैलाश बोर्डिङ स्कुलनजिक हिँडिरहेको अवस्थामा संखुवासभा घर भई रामहिटी बस्ने २२ वर्षीय गुरु भोटेलाई आक्रमण गरी दुईवटा मोबाइल लुटपाट । घटना नंं. ५ ०१ माघ ०७२ घटनास्थल : बौद्ध, पाटिटार विवरण : बौद्ध बस्ने ४२ वर्षीय सुबोध शर्मालाई खुकुरी प्रहार गरी घाइते बनाएर मोबाइल लुटपाट । घााटीमा खुकुरी राखेर मोबाइल लिएपछि पनि आक्रमण गरी फरार । घटना नंं. ६ ०१ माघ ०७२ घटनास्थल : गौरीघाट विवरण : चितवन खैरहनी घर भई गौरीघाट बस्ने रवि गुरुङलाई खुकुरीले आक्रमण गरी घाइते बनाएर ४५ हजार नगद र आइफोन लुटपाट ।

0 Comments

Related Reports