Incident Reports

मानव बेचबिखनको आरोपमा गिरफ्तार

2016-01-19

२२ वर्षीया एक महिलालाई बेचबिखन गरेको आरोपमा नवलपुर गाविस ९ का ५५ वर्षीय लोकबहादुर तामाङ र सोही ठाउका ४० वर्षीय पासाङ थिङलाई ०७२ माघ ४ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितहरूले ०६८ माघ १३ गते पीडितलाई काठमाडौँबाट कुवेतमा पुर्‍याई बिक्री गरेको र फेरि ०६८ फागुन १४ गते कुबेतबाट साउदी अरबमा बेचेको आरोप छ । पीडितलाई नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले उद्धार गरी नेपाल ल्याएका थिए । नेपाल फर्केपछि पीडित आफैँ ०७२ पुस २९ गते जिल्ला प्रहरी कार्यालयमा पुगी जाहेरी दिएकी थिइन् । आरोपितहरूले पाँच लाखमा बिक्री गरेको पीडितको आरोप छ । आरोपितहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केदार बस्नेतले बताए ।

0 Comments