Incident Reports

हत्याको आरोपमा सात महिनापछि सासू गिरफ्तार

2016-01-18

Province 1, Bhojpur, Shadananda, Ward 4

उत्तरी षडानन्ड नगरपालिका-१ मुलपानीकी २८ वर्षीया कमला खड्काको कुटपिट गरी हत्या गरेको आरोपमा सात महिनापछि प्रहरीले ४९ वर्षीया सासू सीतामाया खड्कालाई ०७२ माघ ४ गते गिरफ्तार गरेको छ । अंशको विषयमा विवाद हुँदा सीतामायाले घरनजिकै धारिलो हतियार प्रयोग गरी ०७२ असार ३ गते आफ्नै जेठी बुहारी कमलाको हत्या गरेको प्रहरीले जनाएको छ । घटनापछि कमलाको लासलाई घरछेउको केराबारी खोल्सीमा लगेर ढुङ्गाको पर्खाल भत्काएर पुरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार लम्सालले जानकारी दिए । आरोपित सीतामाया फरार रहेकी थिइन् । आरोपित विरुद्ध मुद्दा दर्ता भइसकेको र अदालतमा चाँडै उपस्थित गराइने पनि डिएसपी लम्सालले बताए । सीतामायाले बुहारीको आफैँले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments

Related Reports