Incident Reports

विराटनगरको रंगेली बाजार क्षेत्रमा तनाव

2016-01-20

Province 1, Morang, Biratnagar

मोरङ जिल्लाको पुरानो सदरमुकाम रंगेली बजार क्षेत्रमा तनावको सुरु भएको छ । बिहिबार युवासंघ नेपालले प्रधानमन्त्री केपी ओलीलाई बजार क्षेत्रमा सम्मान गर्ने कार्यक्रम गर्ने भएपछि त्यसको विरोधमा मोर्चा कार्यकर्ताले बजार बन्द गराएका हुन् । मोर्चाले कुनैपनि हालतमा युवासंघको कार्यक्रम बजारमा गर्न नदिने बताएको छ । केही सातादेखि मार्चाले खुकुलो गरेको बन्दहड्तालको कार्यक्रमलाई उक्त बजार क्षेत्रमा मात्रै सिमित गरि आज बिहानदेखि पसलहरु बन्द गराएर मोटरसाइकल समेत चल्न दिएका छैनन् । उनीहरुले बजारका ठाउँठाउँमा टायर समेत बालेका छन् । यस्तै अहिले केही समयपछि युवासंघका कार्यकर्ताले बजार क्षेत्रमा मञ्च बनाउन जाने भएपछि मोर्चा कार्यकर्ता तथा युवासंघका कार्यकर्ताबीच भिडन्त हुने आशंकामा उक्त क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Secondary Form Program Interference/Obstruction
Weapons None
Primary Cause Other political issues
Secondary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments