Incident Reports

श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा पक्राउ

2016-01-20

Province 1, Udayapur, Belaka, Ward 2

आफ्नै श्रीमतीलाई आगो लगाएर मार्ने प्रयास गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। सदरमुकामदेखि दक्षिणी गाविस तपेश्वरी १ का घनश्याम चौधरीलाई श्रीमतीलाई मार्ने नियतले आगो लगाई गम्भीर घाइते बनाएको आरोपमा प्रहरी चौकी भागलपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी ओम रानाका अनुसार बुधबार विहान ८ बजेको समयमा ४५ वर्षीय चौधरीले घरकै कोठामा श्रीमती नैनादेवी चौधरीलाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा पक्राउ गरिएको हो। आगोले ३० वर्षीया नैनादेवीको कम्मरमुनिको भाग पूर्ण रुपमा जलेर गम्भीर घाइते भएकी छिन्। जलेर सख्त घाइते भएर बोल्नै नसक्ने अवस्थामा पुगेकी चौधरीलाई उपचारार्थ स्थानीय र प्रहरीले उद्दार गरी तत्काल उपचारार्थ विराटनगरतर्फ पठाइएको डिएसपी रानाले बताएका छन् । घरायसी कारणले श्रीमान–श्रीमतीबीच बिबाद भएपछि आवेशमा आएका चौधरीले एक्कासी श्रीमतिमाथि आगजनी गरेको आरोप उनीमाथि लागेको छ । कोठा बन्द गरेर श्रीमतीमाथि आगो लगाउँदा कोठामा रहेको करिव ५० हजार मूल्य बराबरको अन्नपात तथा लत्ताकपडासमेत जलेर नष्ट भएको प्रहरी चौकी भागलपुरलाई उद्धृत गर्दे डिएसपी रानाले बताएका छन् । आरोपीलाई जिल्ला प्रहरी कार्यालय बोलाएर थप अनुसन्धान कार्य भइरहेको बताइएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Sexual Assault
Weapons Fire
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments