Incident Reports

सामूहिक बलात्कारपछि १६ वर्षे किशोरीको हत्या

2016-01-18

Karnali, Rukum West, Chaurjahari

रुकुममा सामुहिक बलत्कारपछि एक किशोरीको हत्या गरिएको छ। जंगलमा दाउरा लिन गएको बेला खोलागाँउ गाविस वडा नं ५ सर्केनाकी १६ बर्षिया सुस्मिता शाहको सामुहिक बलत्कारपछि मंगलबार हत्या भएको प्रहरीले जनाएको छ। घर नजिकैको जंगलमा दाउरा लिन गएकी सुस्मिता राती अबेर सम्म पनि घरमा नफर्किएपछि परिवारले उनको खोजी गरेको थियो। सोमवार साँझ ४ बजे दाउरा लिन गएकी उनलाई मंगलवार मात्र रुखमा झुन्डिरहेको अवस्थामा परिवारका सदस्यहरुले भेटाएका थिए। जिल्ला अस्पताल जाजरकोटमा पोष्ट मार्टमा लागि ल्याइएकी मृतक शाहको सामुहिक बलत्कार पछि हत्या भएको जिल्ला अस्पताल जाजरकोटका डा. दीपक पुनले बताए। डा.पुनले मृतक शाहलाइ सामुहिक बलत्कार गरेर हत्या गरिएको अवस्था देखिएको बताए। मृतकलाई केही दिन अघि नचिनेको नम्बर बाट केही केटाहरुले फोन गरेर धम्की दिने गरेको र उनीहरुले नै उनको हत्या गरेको हुनु पर्ने खोलागाउँकै स्थानीय निर्मल शाहले बताउँछन्। हिमालय उच्च मावि खोलागाँउमा ११ कक्षामा अध्ययनरत शाहको हत्यापछि गाँउ नै शोकमा डुबेको उनले सुनाए। प्रहरीले घटनाको गम्भीर रुपमा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक पुष्पकमल श्रेष्ठले बताए। हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याएर कडाभन्दा कडा सजाय गर्नु पर्ने पीडित परिवार र स्थानीयले माग गरेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments