Incident Reports

बोक्सी लागेको भन्दै नाबालकलाई तातो फलामले डामियो

2016-01-21

Province 1, Panchthar, Hilihang

पाँचथर ओयाम एक फाक्लुङमाका डेढ वर्षिय बालक दिप्सन राईलाई बोक्सी लागेको भन्दै धामीले फलाम तताएर डामेका छन्। स्थानीय बिजुवा (झाँक्री)ले बोक्सी लागेको भन्दै शरीरको पछाडिपट्टीको भाग, पिठ्यु, र खुट्टामा फलामको फाली र लोहोरो तताएर डामेका हुन्। १५ महिने बालकलाई झाडा पाखाल लागेर बिरामी भएपछि बाबु धनबहादुर राईले बिजुवाहरू सुकबहादुर राई र तीलबहादुर राईलाई झारफूक गर्न भन्दै बोलाएका थिए। धामीहरूले झारफुक गर्ने भन्दै लोहोरो र फलाम तताएर बच्चालाई तातोमाथि सुताउनुका साथै डामेका थिए। बच्चा रोई कराई गर्दा समेत धामीहरूले केही हुन्न आतिनु पर्दैन भन्दै आगोमा तताएको ढुङ्गा र फलामले डामे घाइते बालककी आमा उर्मिला राईले बताईन्। पुस २४ गते डामिएका ती बच्चालाई उपचारको कुनै प्रपञ्च मिलाइएको छैन। बालकको देव्रे खुट्टा चलाउन नहुने गरी समस्या भएको साथै डामेका घाउहरु समेत पाक्न थालेको स्थानीयले बताएका छन्। ‘डामेको १२ दिन भइसक्दा पनि उपचारको कुनै व्यवस्था गरीएकेा छैन। उपचार नहुँदा घाउ पाक्न थालेको छ,’ आमा उर्मिलाले भनिन्। अन्धविश्वास र गरिबीको कारण समयमा घटना सार्वजनिक नभएको स्थानीयले बताएका छन्। परिवारका सदस्यहरुको हेलचेक्र्याइ र अन्धविश्वासकै कारण घटना भएको १२ दिनसम्म सार्वजनिक नहुनु दुखद भएको मानव अधिकारकर्मी सहमान विकले बताए। समुदायमा यस्ता खाले अन्धविश्वासको रूपमा रहेको कुरीतिजन्य हिंसा न्युनिकरण गर्न सवै पक्ष लाग्नुपर्ने साथै घटनाका दोषिको पहिचान गरी कानूनी कारबाही गर्नुपर्नेसमेत विकको भनाइ छ। स्थानीय प्रशासन भने यो घटनासँग बेखवर छ। घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयमा कुनै उजुरी नपरेको र प्राप्त जानकारीका आधारमा कारबाही प्रक्रिया अगाडि बढाउने प्रहरी निरीक्षक विजय श्रेष्ठले बताए।

बोक्सी लागेको भन्दै बालकलाई तातो फलामले डाम्ने धामी पक्राउ बोक्सी लागेको भन्दै फलाम तताएर नाबालकलाई डाम्ने धामी सुकवहादुर राई पक्राउ परेका छन्। झाडापखाला लागेका पाँचथर ओयाम–१ फाक्लुङमाका डेढ वर्षीय बालक दिप्सन राईलाई बोक्सी लागेको भन्दै ढुंगा र फलाम तताएर डाम्ने धामी सुकबहादुरलाई प्रहरीले पक्राऊ गरेको हो। स्थानीय झामी सुकवहादुर र तिलवहादुरले ओयाम–१ का धनवहादुर राईका छोरा दिप्सनलाई गत पुस २४ गते ढुंगा तताएर डाम्दा भएको घाउको उपचार समेत नगराइएको समाचार बाहिर आवएपछि ओयामस्थित प्रहरी चौकी चरिभञ्याङवाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए। उनका अनुसार पक्राउ परेका सुकवहादुरलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ। यसैवीच तातो फलामले डामिएका बालकलाई उपचारका लागि पाँचथर जिल्ला अस्पतालमा लगिएको छ। पीडकलाई यातना तथा क्षतिपूर्ति र बालअधिकार ऐन अन्तरगत मुद्दा चलाउने तयारी भइरहेको श्रेष्ठले बताए। तातो ढुंगा र फलामले डामिएका बालकका देव्रे तिघ्राको घाउ भएकाले केही समयसम्म डाक्टरकै निगरानीमा उपचार गर्नु पर्ने अवस्था देखिएको पाँचथर अस्पतालले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments