Incident Reports

मोरङमा मधेसी मोर्चाका कार्यकर्ताद्वारा एमाले कार्यकर्ताको घर तोडफोड

2016-01-21

Province 1, Morang, Rangeli

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले मोरङको पुरानो सदरमुकाम रंगेली बजारस्थित एमालेका दुईजना कार्यकर्ताको घरमा गएराति तोडफोड गरेका छन् । एमाले निकट युवा संघले रंगेलीमा आज सभा गर्ने तयारी गरपेछि हिजो बिहानैदेखि रंगेली क्षेत्रमा तनाव छ । मोर्चाका कार्यकर्ताले सो क्षेत्रमा प्रदर्शन चर्काएका थिए । सोही क्रममा हिजो साँझ प्रहरी र प्रदर्शनकारीबीच रंगेलीमा झडप हुँदा मोर्चाका केही कार्यकर्ता घाइते भएका छन् । मोर्चाका कार्यकर्ताहरुले गएराति एमालेका स्थानीय नेताहरु मनोज अग्रवालको घरमा ढुंगा हानेर सिसा फुटाएका छन् भने दिनेश ठाकुरको पाहुनालाई बस्नका लागि लगाइएको टेन्ट भत्काउनुका साथै प्लाटिकका कुर्सीहरु तोडफोड गरेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अभिचन्द्र रिजालले जानकारी दिए । यसैबीच युवा संघले रंगेलीको नेपाल बैकको चौरमा गर्ने भनेको सभास्थल परिर्वतन गरि इलाका प्रहरी कार्यालय नजिकै मञ्ज बनाएको छ । मधेसी मोर्चाले काली मन्दिर नजिकै सभा गर्ने तयारी गरेको छ । मोर्चाका कार्यकर्ताले युवा संघको कार्यक्रम बिथोल्ने चेतावनी दिँदै आएका छन् । एमाले सम्बद्ध युवा संघ नेपालले तराई मधेस सम्बाद तथा जनजागरण कार्यक्रम अन्तर्गत बिहीबार रंगेलीमा सभा गर्न लागेको हो । मधेसी मोर्चा र युवा संघ आमने सामने भएपछि स्थिति बिग्रन नदिन सो क्षेत्रमा ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
Severely damaged Buildings 2
National/Online Media

0 Comments