Incident Reports

बारामा मधेसी मोर्चाका कार्यकर्ताले मोटरसाइकल जलाए, वीरगन्जमा प्रदर्शन

2016-01-22

Madhes, Bara, Kalaiya

संयुक्त मधेसी मोर्चा बाराका कार्यकर्ताहरुले शुक्रबार बिहान दुर्इ मोटरसाइकलमा आगजनी गरेका छन् । बिहान आठबजेको समयमा भरतचोकमा रहेका दुर्इ मोटरसाइकलमा आगजनी गरिएको प्रहरीले जनाएको छ । भारतको आधापुरबाट मोटरसाइकलमा ग्यालेनमा राखी पेट्रोल ल्याएको भेटेपछि मोर्चाका कार्यकर्ताले मोटरसाइकल चालकलाई कुटपिट गर्नुका साथै ना १० प २८२५ र लु १ प ९५५० नं का दुईवटा मोटरसाइकल आगजनी गरी नष्ट पारेका छन् । सो घटनाका कारण अहिले भरत चोकमा सुरक्षाकर्मी र मोर्चाका कार्यकर्ताबीच तनाव भइरहेको छ । त्यस्तै मोर्चाका कार्यकर्ताले वीरगन्जका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । घन्टाघर नजिकै बा १० च ८३२४ नम्बरको गाडीमा तोडफोड गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Secondary Form Vandalism
Weapons Fire
Primary Cause Other political issues
Secondary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 3
Severely damaged Vehicles 2
National/Online Media

0 Comments