Incident Reports

जनकपुरमा मधेसी मोर्चाका कार्यकर्ताद्वारा आन्दोलित

2016-01-22

Madhes, Dhanusha, Janakpur, Ward 16

 बन्दको घोषणा, जनजीवन विहानैदेखि प्रभावित आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले जनकपुर बन्द गराएका छन्। बिहीवार मोरङको रंगेलीमा प्रहरीले आन्दोलनकारीमाथि गोली चलाउँदा तीनजनाको मृत्यु भएको घटनालाई लिएर मोर्चाका कार्याकर्ताले धनुषा बन्दको घोषणा गरेका हुन्। बन्दका कारण जनकपुरको जनजीवन प्रभावित भएको छ। पाँच महिनादेखि तराईमा मोर्चाले गर्दै आएको आन्दोलनका बाबजुत केही दिनदेखि सहज भएको जनकपुरको जनजीवन शुक्रवार फेरि प्रभावित भएको हो। बन्दका कारण जिल्लाका शैक्षिक संस्था, बजार, कलकारखाना र यातायात ठप्प छन्। रंगेलीमा भएको घटनाको विरोधमा बन्द आह्वान गरेर आन्दोलनमा उत्रिएका मोर्चाका नेता तथा कार्यकर्ताहरुले बिहानैदेखि जनकपुरका मुख्य चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments