Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफ्तार

2016-01-20

Madhes, Saptari, Bishnupur

इटहरी विष्णुपुर गाविस-६ की २३ वर्षीया कबीतादेवी रायले दिएको उजुरीका आधारमा उनका पति २४ वर्षीय सन्तोष रायलाई बहुविवाहको आरोपमा गिरफ्तार गरी प्रहरीले माघ ६ गते मुद्दा दर्ता गरेको छ । राजविराज नपा-१ स्थित माइतीमा विस्थापित पीडितले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई प्रहरीले गिरफ्तार गरी कारवाही प्रकृया अगाडि बढाएको मुद्दा शाखाका सई हरी खडकाले जानकारी दिए । सामाजिक परम्पराअनुसार ०६८ असार १५ गते विवाहित पीडित र आरोपितको सन्तान छैनन् । विवाह लगत्तै वैदेशिक रोजगारका लागि मलेशिया गएका आरोपित असार महिनामा घर फर्केपछि खोजखबर नगरेपनि पीडित ०७२ कार्तिक ३० गते घर गएकी थिइन् । आरोपितसहित घरपरिवारका सदस्यले घरभित्र पस्न नदिई कुटपिट गरी निकालेपछि पीडित माइतीघर आएर बसेको पीडितले उजुरीमा उल्लेख गरेकी छिन् । पीडितले शान्तिसुरक्षाका साथ घरमा बस्न पाउँ भनी जिल्ला प्रहरी कार्यालयमा माघ ३ गते उजुरी दिएपछि वडा प्रहरी कार्यालयमा दुबै पक्षलाई झिकाई छलफल हुँदा आरोपितको दोस्रो विवाह भएको थाहा पाएपछि पीडितले जिल्ला प्रहरी कार्यालयमा माघ ५ गते बहुविवाहको उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका आरोपितले जेठी पत्नी घरमा नबसेपछि दोस्रो विवाह गर्नु परेको बताए । आरोपित सन्तोषको कान्छी पत्नीको नाम, थर र ठेगाना नखुलेकी भारतीय महिला रहेको भनी पीडितले दिएको उजूरीमा उल्लेख छ । मनोहर कुमार पोखरेल

0 Comments