Incident Reports

चोरी गर्न आएका युवकलाई कुटपिट गर्दा मृत्यु

2016-01-21

Province 1, Sunsari, Duhabi

घरमा चोरी गर्न आएका एक युवकलाई सुनसरी दुहवी–भलुवाका गाउँलेले विहीबार बिहान पक्राउ गरेर कुटपिट गरी बाधेर राख्दा मृत्यु भएको छ। दुहवी भलुवा–१ का हरिनारायण साहको घरमा चोरी गर्ने क्रममा स्थानीय ३० वर्षीय महमद आलमलाई पक्राउ गरेर कुटपिट गरी बाधेर राख्दा उपचारमा ढिलाई हुदाँ मृत्यु भएको हो। घटनाक्रम अनुसार महमद हरिनारायणको घरमा विहान २ बजे चोरी गर्ने क्रममा पक्राउ परे। महमद पक्राउ परेपछि हनिरायणसँगै परिवारका सदस्य र गाउँलेले निर्घात कुटपिट गरेर चौपयालाई बाधे जसरी खम्बामा बाधेर राखे। प्रहरीले विहान ७ बजे मात्र घटनाको सूचना पाएर महमदलाई उद्दार गरी उपचार गर्न लगेको थियो। 'महमदलाई पक्राउ गरेर हामीलाई जिम्मा दिनुको सट्टा अमानवीय ढंगले कुटपिट गरेर बाधेर राखेकै कारण मृत्यु भएको हो,' इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक शिव पोखरेलले भने, 'बेलैमा प्रहरीलाई सूचना दिएको भए वा जिम्मा दिएको भए ज्यान जाने थिएन्।' उनका अनुसार प्रहरीले बाधेर राखेको स्थानबाट महमदलाई उद्दार गरी विहान ७ बजे न्यूरो अस्पताल विराटनगर उपचार गर्न लगेकोमा एक घण्टापछि मृत्यु भएको हो। प्रहरीले महमदलाई कुटपिट गर्ने हरिनारायणका छोरा सन्जयसहित नौ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। हरिनारायण भने फरार छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 9
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports