Incident Reports

बहुविवाहको आरोपमा एकजना पक्राउ

2016-01-24

Province 1, Panchthar, Falgunanda, Ward 3

बहुविवाह गरेको आरोपमा पाँचथरमा एकजना पक्राउ परेका छन्। घरमा श्रीमती हुँदा हुँदै दोस्रो विवाह गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले चिलिङदिन–३ का २७ वर्षीय बुद्धिमान राईलाई पक्राउ गरेको हो। राईकी जेठी श्रीमतीले दोस्रो श्रीमती ल्याएको उजुरी दिएपछि प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो। राईलाई बहुविवाह ऐन अन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ। राईलाई पाँचथर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको र उनकी कान्छी श्रीमतीको खोजी भइरहेको प्रहरीले जानाएको छ ।
National/Online Media

0 Comments