Incident Reports

मकाउमा बेचिएकी युवतीको यौनशोषण

2016-01-25

नपावरका कर्मचारी पक्राउ राम्रो रोजगारीको प्रलोभन दिएर युवतीलाई मकाउ पठाई यौन शोषण गराएको आरोपमा मेनपावर कम्पनीका एक कर्मचारी पक्राउ परेका छन् । कम्पास रिक्युटमेन्ट प्रालिका कर्मचारी सुवास थापामगरलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । उनलाई मानव बेचबिखन मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ । बन्धक बनाई यौनशोषण मासिक पाँच हजार मकाउ डलरको जागिर लगाइदिने भन्दै उनले एक युवतीलाई मकाउमा पठाई बिक्री गरेका थिए । टुरिस्ट भिसामा मकाउ पुगेकी युवतीलाई बन्धक बनाई यौनशोषण गरिएको थियो । मकाउमा एक चिनियाँको घरमा राखेर उनलाई यौनशोषण गरिएको थियो । दश महिनासम्म तलब दिइएन अपराध महाशाखाका एसपी सहकुल थापाका अनुसार १० महिनाअघि युवतीलाई मकाउ पुर्‍याइएको थियो । मासिक पाँच हजार डलर मकाउ डलर तलब हुने भनिए पनि १० महिनासम्म एक रुपैयाँ पनि नपाएको युवतीले बताएकी छिन् । पीडित युवती भागेर मकाउमा रहेका अन्य नेपालीको सम्पर्कमा पुगेकी थिइन् । एनआरएन मकाउको सहयोगमा उद्धार रोजगारीको प्रलोभनमा बेचेर युवतीमाथि यौनशोषण गरिएको थाहा पाएपछि गैरआवासीय नेपाली संघ मकाउले उनको उद्धारमा सघाएको थियो । नेपाल आइपुगेपछि पीडित युवतीले प्रहरीमा उजुरी गरेकी थिइन् । त्यसपछि प्रहरीले सुवासलाई फक्राउ गरेको हो । बाबु पनि बेचबिखनमा संलग्न एसपी थापाका अनुसार युवतीलाई मकाउ पुर्‍याएर बिक्री गर्ने काममा सुवासका बाबु सुदर्शन थापा र उनका साथी लोकराज रावलको समेत संलग्नता देखिएको छ । उनीहरू दुवैजना मकाउमा बस्छन् । उनीहरूले नै युवतीलाई चिनियाँको घरमा काम लगाइदिएका थिए । त्यसबापत उनीहरूले चिनियाँसँग पैसा लिएका थिए ।

0 Comments