Incident Reports

विराटनगरमा प्रहरी र मोर्चाबीच झडप

2016-01-25

Province 1, Morang, Biratnagar

प्रहरीको गोली लागेर रंगेलीमा मत्यु भएका तीनजनाको शवसहित आन्दोलनरत्त संयुक्त मधेसी मोर्चाले अहिले केही बेरमा विराटनगरमा बिरोध प्रदर्शन गर्दैछ। विरोध प्रदर्शन गर्नुअघि मोर्चा र प्रहरीबीच विराटनगरको महावीर चोकमा ढुंगा हानाहान भएको छ। टायर बालेर कोसी राजमार्ग अवरुद्ध गर्ने क्रममा प्रहरी र मोर्चाविच केही बेर तनाव भएको थियो। मोर्चाका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर वडा प्रहरी कार्यालय, विराटनगरको ना.१ झ १२२८ नम्बरको गाडीको अगाडिको सिसा फुटेको छ। मोरङ प्रहरीका अनुसार अहिले महावीर चोकको अवस्था समान्य भइसकेको छ । राजमार्गमा गाडि गुँडिरहेको छ । मोर्चाले निकाल्ने शवयात्राका कारण यहाँका स्कूल र कलेज बन्द गरिएको छ । नगर क्षेत्रका पसलहरु बन्द छ। अप्रिय स्थिति हुन नदिन विराटनगरमा सुरक्षाकर्मीको बाक्लो तैनाथी गरिएको छ। कोसी अञ्चल अस्पतालबाट निस्कने शवयात्रा नगरको बिभिन्न भागको परिक्रमा गर्ने मोर्चाृले जनाएको छ। शवयात्रामा मोर्चाका शीर्ष नेताहरु सहभागि हुने बताइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
National/Online Media

0 Comments