Incident Reports

मोर्चा कार्यकर्ताद्वारा चारवटा भारतीय ट्रकमा तोडफोड

2016-01-26

सर्लाहीको सलेमपुरमा कोइला बोकेका चारवटा भारतीय ट्रकमा संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताहरुले नियन्त्रणमा लिएर तोडफोड गरेका छन्। नवलपुर मलंगवा सडक खण्डमा सदरमुकाम मलंगवातर्फ जाँदै गरेका चार ट्रक नियन्त्रणमा फोरमाका कार्यकर्ताले तोडफोड गरेका हुन्। इटा भट्टामा कोइला लैजाँदै गरेका चारवटा भारतीय ट्रक सोमबार सलेमपुरमा प्रदर्शनकारीले नियन्त्रणमा लिएर तोडफोड गरेका हुन् । मलंगवा नाकामा मोर्चाले अबरोध गर्ने भएकाले ईटा ब्यबसायीले भैरहवा नाकाबाट कोइला झिकाएका थिए। बन्दका कारण सर्वसाधारणले दुःख पाएपनि तस्करले बढी कमाउने धन्दा सुरु गरेकाले अबरोध गरेको मोर्चाका नेता एवम् संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष अशोक यादवले बताए। 'यतायताका साधन चल्छ भने सबै चल्नु पर्छ,' यादवले भने,'तस्कर र धनाढयले चलाउन पाउने तर गरिबले मजदुरी गरेर दैनिक काम गरी खानेको साधन चल्न नपाउने ? चले सबैको चल्छ । नचले कसैको चल्दैन ।' आन्दोलन बदनाम गराउने काम कसैबाट हुननहुने बताए। सर्लाहीमा कोइलाको ट्रकमा भएको तोडफोड घटनाले मोर्चा दुई गुटमा विभाजित बनेको छ । मोर्चा सम्बद्ध तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीको जिल्ला नेतृत्व भने ट्रक छाड्नु पर्ने पक्षमा देखिएको छ। उक्त पार्टी सम्बद्ध केही नेताको आफ्नै भट्टा भएकाले कोइला ल्याउन छुट दिनुपर्ने उनीहरुको धारणा आएको हो । चारवटा कोइला बोक्ने ट्रकमा तोडफोड भएपछि अन्य आधादर्जन ट्रकलाई प्रहरीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरमै रोकेर राखेको छ । आन्दोलनकारीले रोकेर राखेको ट्रकको सुरक्षाका लागि व्यापक सुरक्षाकर्मी सलेमपुरमा परिचालन गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 4
National/Online Media

0 Comments