Incident Reports

बालिका अपहरण गर्ने विरुद्ध प्रहरीले जाहेरी दर्ता नगरेको आरोप

2016-01-02

Madhes, Dhanusha, Bideha

महोत्तरीमा दुई बालिका अपहरण गर्ने विरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीले जाहेरी दर्ता नगरेको पीडितले आरोप लगाएका छन् । महोत्तरीको इटहर्वा–५ का राकेश ठाकुरले आफ्नो दुई छोरीलाई अपहरण गर्ने विरुद्ध महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले जाहेरी दर्ता नगरेको आरोप लगाउनु भएको हो । ठाकुरका १० वर्षकी छोरी शिवानी ठाकुर र ७ वर्षकी आरती ठाकुर गएको पुस १८ गते खेतमा दाउरा हेर्न गएको बेला अपहरणमा परेकी थिइन् । अपहरणमा परेको ११ दिनपछि पुस २९ गते बेलुका ७ बजे धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजार स्थित पुलको तल रोई रहेको अवस्थामा फेला परेकी थिइन् । ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले दुवै बालिकालाई कार्यालयमा ल्याई अविभावकको जिम्मा लागएको थियो । बालिकासँग प्रहरी र अविभावकले गरेको बयान अनुसार अपहरणमा ९ जना संलग्न थिए । आफ्नी छोरीले ९ जना मध्ये गाउँ मै रहेका ५ जनालाई चिनाएका थिए । प्रहरीले उनीहरु विरुद्ध सुरुमा अपहरण विरुद्ध जाहेरी दिन आग्रह गरेको ठाकुरको भनाई छ । तर जाहेरी दर्ता गराउँन जाँदा ‘तैँले आफै अपहरणको नाटक गरेर अरुलाई फसाउन खोजेको ?’ भन्दै प्रहरीले उल्टै आफूलाई नै हप्काएको र कारबाही गर्ने धम्की दिनेको ठाकुरले दुखेसो पोख्नु भयो । अपहरणकारीहरु पहुँचबाला भएको कारण माथिल्लो स्तरबाट दवाव दिलाएकोले प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको ठाकुरको भनाई छ । जिल्ला प्रहरीले जाहेरी दर्ता नगरेपछि गएको माघ ५ गते हुलाक मार्फत जाहेरी पठाएको जानकारी दिनुभयो । अपहरणकारीलाई सजायको लागि ठाकुरले सबै पक्षसँग आग्रह गर्नुभएको छ । महोत्तरीका प्रहरी उपरीक्षक भट्टराईले वास्तमा ठाकुरको दुई छोरीको अपहरण भएको वा नभएको पुष्टी नभएकोले जाहेरी दर्ता नगरेको बताउनुभयो । प्रहरीको उदासिन्ताले गएको एक हप्ता अघि दुई जना बालकको अपहरण पश्चात हत्या भएको थियो । गएको माघ ४ गते जलेश्वर नगरपालिका–१२ मलिवाराका नविन पाण्डेका एक मात्र छोरा ११ वर्षका बालक निश्चलको अपहरणपछि हत्या गरेर खाल्डोमा पुरिएकोको अवस्थामा शव फेला परेको थियो । त्यस अघि महोत्तरीको भटौलिया गाविस–२ का रविन्द्र महासेठका ८ वर्षका छोरा जिनेस भनिने चिरञ्जीवी महासेठलाई हत्या गरी खाल्डोमा पुरिएको अवस्थामा शव फेला परेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 9
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 2
Female Abducted 2
Youth Abducted 2
National/Online Media

0 Comments