Incident Reports

पत्रकार विश्वकर्मामाथि भएको आक्रमणको भत्र्सना

2016-01-25

Bagmati, Kathmandu, Kathmandu

नेपाल प्रेस युनियनले युनियनका केन्द्रीय सदस्य हिरालाल विश्वकर्मामाथि गए राति भएको आक्रमणको भत्सर्ना गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ । ‘हिमालय टाइम्स’ दैनिकमा कार्यरत पत्रकार विश्वकर्मामाथि कार्यालयबाट घर फर्कने क्रममा सोमबार राति ९।३० बजे मध्यबानेश्वरमा केही अज्ञात व्यक्तिले आक्रमण गरेको युनियनका महासचिव अजयबाबु शिवकोटीद्वारा आज जारी जिज्ञप्तिमा जनाइएको छ । पाँच÷छ जनाको सङ्ख्यामा रहेका आक्रमणकारीले विश्वकर्मालाई पछाडिबाट आक्रमण गरी लडाएपछि उहाँका साथमा रहेको पर्स, केही रकम र महत्वपूर्ण कागजात समेत लुटेर लगेको विज्ञप्तिमा उल्लेख छ । घाइते विश्वकर्मालाई राति नै अस्पताल लगिएको र उहाँलाई केही दिनका लागि आराम गर्न चिकित्सकले सल्लाह दिएको जनाइएको छ । युनियनले दोषीको पहिचान गरी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments