Incident Reports

हत्या आरोपमा गिरफ्तार कार्यकर्ताको रिहाइको माग गर्दै मोर्चा कार्यकर्ता धर्नामा

2016-01-26

Madhes, Saptari, Rupani

असई रमेश सुव्बाको हत्या आरोपमा गिरफ्तार झुटकी गाविस-७ कजरा टोलका ३२ वर्षीय अशोक कुमार यादवविरुद्धको मुद्दा खारेज गरी रिहा गर्न माग गर्दै मधेसी मोर्चा सप्तरीले माघ १२ गतेदेखि जिल्ला प्रशासन कार्यालयमा अनिश्चितकालीन धर्ना र घेराउ कार्यक्रम आरम्भ गरेको छ । कार्यालयको मुख्य प्रवेशद्वारमा मोर्चाका कार्यकर्ता दिउँसो १२ बजेदेखि धर्नामा बसेर नाराबाजी शुरु गरेपछि कार्यालयको कामकाज प्रभावित बनेको छ । मोर्चाका जिल्ला संयोजक कपिलदेव यादव तथा नगर संयोजक उमेशप्रसाद साहको नेतृत्वमा बसेको धर्नामा मोर्चा आबद्घ सबै दलका केन्द्रदेखि जिल्लास्तरका नेताहरू सहभागी छन् । धर्नामा बसेका प्रदर्शनकारीले झुठा मुद्दामा फसाइएका यादवको रिहाई र दोषीमाथि कारबाहीको माग पूरा नभएसम्म अनिश्चितकालीन धर्ना र घेराउ कार्यक्रम जारी रहने बताए । झापा भद्रपुर नपा-११ चन्द्रगढीका ४५ वर्षीय झुटकी प्रहरी चौकीका इन्चार्ज असई रमेश सुब्बाको हत्या आरोपमा इलाका प्रहरी कार्यालय कल्याणपुरले माघ ३ गते यादवविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको एसपी भीमप्रसाद ढकालले जानकारी दिएका छन् । नर्घो-६ स्थित झोहरा चोकमा चिया र पान खाई झुटकी प्रहरी चौकीतर्फफर्किरहेका बेला सादा पोसाकमा रहेका असई सुब्बालाई कोशी पश्चिमी नहरको कल्भर्टमा मोटरसाइकलमा आएका सुटरले पुस २० गते साँझ ६ बजे तिघ्रा र छातीमा गोली प्रहार गरी हत्या गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people More than 30
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
INSEC

0 Comments