Incident Reports

प्रहरीको परिचयपत्र देखाएर बलात्कार

2016-01-27

Madhes, Rautahat, Chandrapur

प्रहरीको परिचयपत्र देखाएर धम्क्याई युवती बलात्कार गर्ने एक प्रहरीजवान रौतहटमा पक्राउ परेका छन् । चन्द्रपुर नपा ६ घर भई जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कार्यरत २३ वर्षीय प्रहरीजवान प्रशान्त चौधरी सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका हुन् । चन्द्रपुर ३ घर भएकी १७ वर्षीया एक युवतीलाई प्रहरीजवान चौधरी र उनका साथीहरूले माघ १ गते दिउँसो चन्द्रपुरनजिकै जंगलमा बलात्कार गरेको उजुरीमा उल्लेख छ । घरविदामा आएका प्रहरी चौधरीले साथीसँग मिलेर बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न दुईजना फरार रहेकाले खोजी गरिरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । माघ १ गते साथीसँग घुम्न गएको अवस्थामा चाँदीनदीपारि जंगलमा चौधरीसहित तीनजनाले युवतीसँगै गएका साथीलाई पिटेर लखेटी बलात्कार गरेको पीडित युवतीले प्रहरीलाई बताएकी छन् । रौतहटमा पछिल्ला केही महिनायता बलात्कारका घटना बढेका छन् । केही दिनअघि २५ वर्षीया सुस्तमनस्थितिकी एक महिलालाई बलत्कार गरेको आरोपमा प्रहरीले चन्द्रपुर नपा १ का २२ वर्षीय प्रकाश चौलागाईंलाई पक्राउ गरेको छ । माघ ८ गते साँझ चन्द्रनिगाहपुर नजिकै जंगलमा ती महिलालाई चौलागाईंले बलात्कार गरिरहेको घाँस काट्न गएका मानिसले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments