Incident Reports

बैतडीको शिवलिङ्ग गाविसमा दुई युवा–युवति मृत भेटिए

2016-01-28

बैतडीको शिवलिङ्ग गाविसमा बिहीबार दुई जना मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मृत भेटिएका शिवलिङ्ग– ३ न्वाघरका अन्दाजी २० वर्षीया लक्ष्मी बोहरा र शिवलिङ्ग–६ का २२ वर्षीय गणेश ऐरी रहेका छन्। स्थानीय वीरसिंह ऐरीले बिहान करिब १० बजेतिर वडा नम्वर ६ र ३ को सिमानामा शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्। मृतक युवती रुखमा झुण्डिएको र युवक त्यतिकै भुर्इंमा भेटिएको भन्ने खबर आएको प्रहरी जनाएको छ। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कृष्ण साउद नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको छ। घटना स्थल सदरमुकामदेखि दुई दिनको पैदल दूरीमा पर्छ। घटनाको थप जानकारी प्रहरी घटनास्थल पुगेपछि मात्र आउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 2
Youth Killed 2
National/Online Media

0 Comments

Related Reports