Incident Reports

गस्तीमा हिँडेका प्रहरीमाथि गोली प्रहार

2016-01-30

Karnali, Jumla, Patrasi, Ward 6

 गस्तीमा हिँडेका प्रहरीमाथि गोली प्रहार भएको छ।

विमानस्थल नजिकैको ठिन्के भन्ने स्थानमा गस्तीमा गएको प्रहरीमाथि गोली प्रहार भएको हो। गोली प्रहारबाट प्रहरी जवान दिपक रोकाया घाइते भएका छन्। उनको पाखुरामा गोली लागेको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए। घाइते रोकायाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ। गोली चलेपछि जुम्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। कोइरालाका अनुसार एक जना स्वचालित पेस्तोलसहित पक्राउ परेका छन्। उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए। गोली कसले चलाएको भन्नेबारे पुष्टि भइनसकेकाले अहिल्यै केही भन्न नमिल्ने उनले बताए।

update -------- पेस्तोलसहित एक जना पक्राउ

गए राति गस्तीमा हिडेको प्रहरीमाथि गोली हान्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गज्र्यांकोट गाविस– ७ का डिल्लीराज खत्रीलाई प्रहरीले मेडईन युएसए अटो ४७ पेस्तोलसहित उनलाई घटना स्थलबाटै पक्राउ गरेको अञ्चल प्रहरी कार्यालय कर्णालीका प्रहरी निरीक्षक पुस्कर बहादुर चन्दले जानकारी दिए। उनका अनुसार पेस्तोल, दुई वटा गोलिका खोका, एक गोटा म्याग्जीन र १ वटा वुलेट नियन्त्रणमा लिइएको हो। प्रहरी गस्ती गर्दा टर्च लगाएपछि उनीहरु र प्रहरीबीच भनाभन भएर प्रहरीले टर्च लगाएकोमा गल्ती स्वीकारी सकेपछि एक्कासी गोली चलाईएको प्रहरीले जनाएको छ। विमानस्थल नजिकै गस्तीमा गएको प्रहरीमाथि गोली प्रहार भएपछि प्रहरी जवान दिपक रोकाया घाइते भएका थिए। घाइते रोकायाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारपछि डिस्चार्ज गरिएको छ ।राति आठ बजे गोली चलेको थियो । अञ्चल प्रहरी कार्यालय कर्णालीबाट गस्तीमा निस्केका प्रहरीमाथि एक्कासी गोली प्रहार भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ। नियन्त्रणमा परेका खत्री सँगै अर्का सोही गाउँकै प्रेम डन फरार रहेको प्रहरीले जनाएको छ। अञ्चल प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयमा घटनाको प्रतिवेदन पेश गरिसकेको र गोलि चलेर हतियार वरामद भएकोले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न लागिएको हो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports