Incident Reports

दुई जनाविरुद्ध बेचबिखनसम्बन्धी मुद्दा दर्ता

2016-01-30

२९ वर्षीया एक महिलालाई बेचबिखन गर्न भारत लैजाने क्रममा गिरफ्तार भएका दुई जनाविरुद्ध माघ १६ गते इलाका प्रहरी कार्यालय रानीले, मानव बेचबिखनसम्बन्धी मुद्दा चलाएको छ । गत माघ १५ गते महिलालाई विभिन्न प्रलोभन देखाएर भारत लैजाँदै गर्दा प्रहरीले विराटनगर उमनपा- २० हुलास मेटल नजिकबाट बेलबारी नपा-११ का ३३ वर्षीय बासुदेव राई र सुनसरी जिल्ला इटहरी उमनपा -६ का ३१ वर्षीय कैलाश पोखरेललाई गिरफ्तार गरेको थियो । इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर गङ्गाप्रसाद पौडेलकाअनुसार नेपाली महिलालाई दुई युवक मिलेर बिक्रीका लागि भारतीय भूमि पुर्‍याउन लागेको अवस्थामा नेपाल भारत सीमानाको टिकुलिया बस्तीबाट महिलालाई उद्धार गरेको जनायो । सुकदेब चौधरी

0 Comments