Incident Reports

विप्लव माओवादीद्वारा समानान्तर जिल्ला जनसरकार गठन

2016-02-06

Karnali, Kalikot, Pachaljharana

 नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले कालीकोट जिल्लामा समानान्तर सरकार भन्दै माघ १६ गते जिल्ला जनसरकार गठन गरेको छ । विप्लव माओवादीले वाईसीएलका पूर्व जिल्ला अध्यक्ष मनिलाल ऐडी रणवीर प्रमुख रहेको १५ सदस्यीय जिल्ला जनसरकार घोषणा गरेको हो । जिल्लाको मुम्रा गविसमा आमसभा गरी नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् भेरी कर्णाली राज्यका मुख्यमन्त्री एटम बीसीले जिल्ला जनसरकारको घोषणा गरेको जिल्ला सचिव कर्ण भण्डारीले जानकारी दिएका छन् । प्रत्येक गाविसमा गाउँ जनसरकार गठन गरिने आगामी कार्यक्रम रहेको सचिव कर्ण भण्डारीले बताए।

कालीबहादुर मल्ल

0 Comments