2016-01-31
Sudurpashchim, Darchula, Shailyashikhar
दार्चुलामा बाबुछोरा मिलेर भतिजाको हत्या गरेका छन्। ग्वानी गाविस-४ का ६० वर्षीय करवीरसिंह धामी र उनका २२ वर्षीय छोरा केशवसिंह धामीले आइतबार राति २८ वर्षीय गोपालसिंह धामीको हत्या गरेको इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाले जनाएको छ। आइतबार साँझ अंशबण्डाको विवादपछि राति बाबुछोरा मिलेर भतिजाको कुटपिटपछि हत्या गरेको प्रहरीले जनाएको छ।
Update -------- भतिजाको हत्या आरोपी पक्राउ भतिजा गोपालसिंह धामीको हत्या आरोपमा ठूलाबुबा करवीरसिंह धामीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई छोरा केशवसिंह धामीसहित पक्राउ गरेको हो । उनले छोरासँग मिलेर आइतबार राति धारिलो हतियार प्रयोग गरेर हत्या गरेको भन्दै मृतकका परिवारले उजुरी गरेपछि प्रहरीले पक्राउ गरेको हो । हत्यामा संलग्न बुबा–छोरालाई गोकुलेश्वर इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबारै नियन्त्रणमा लिएको थियो । दार्चुला सदरमुकामबाट १३ कोस दक्षिणपूर्वमा पर्ने ग्वानी गाविस–४ का ६५ वर्षीय करवीरसिंहले अंश विवादमा गोपालसिंहको हत्या गरेको प्रहरीले जनाएको छ । बुबा–छोरा मिलेर कुटपिट गरी छुरी हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ । घटनास्थलबाट प्रहरीले छुरीसमेत बरामद गरेको छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Murder/attempted Murder |
Weapons | Sharp weapon |
Primary Cause | Disputes over inheritance, debt, land and other economic disputes |
Actor 1 - Number of people | 2 |
Actor 1 - Affiliations | Family/relative |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Family/relative |
Actor 2 - Youth | noyouth |
Total Killed | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance