Incident Reports

रौतहटमा महिलाको सामुहिक बलात्कार

2016-01-31

Madhes, Rautahat, Brindaban

विश्रामपुर गाँउकी दलित महिलालाई सोमबार अज्ञात समुहले सामुहिक बालत्कार गरेका छन् । घट्नापछि प्रहरीले पीडित महिलालाई उद्धार गरी सेलमा राखेको छ । प्रहरीका अनुसार घटनामा संलग्नको पहिचान हुन सकेको छैन । ५/६ जनाको समुहमा आएका अपरिचित व्यक्तिको समुहले राति करिब १ बजे पीडितको घर भित्र प्रवेश गरी श्रीमानलाई बाँधेर राखी घरबाट झण्डै १ किलोमिटर पर लगेर परालको आडमा महिलामाथि सामुहिक बलात्कार गरेका थिए । उक्त समुहको पहिचान नभएको प्रहरीले जनाएको छ । घट्ना लगत्तै ईलाका प्रहरी कार्यालय गरुडाबाट टोली पुगी पीडितलाई उद्धार गरी महिला सेलमा राखेको प्रहरी निरीक्षक सन्तुप्रसाद जैसवारले जनाए । उनले भने, ‘जबरजस्ति गर्ने समुहको पहिचान र खोजीका लागि प्रहरी परिचालन गरीसकेका छौं ।’ घट्नापछि दलितको घरमा रुवाबासी चलेको छ । मोटरसाइकलमा आएका समुहले उक्त घट्ना गराएको स्थानियले प्रहरीलाई जानकारी दिएका छन् । घट्ना गराउने नजिकका मानिस होइन छिमेकीलाई उल्लेख गर्दै प्रहरीले भन्यो, ‘यस्तो हरकत गर्ने बाहिरकै मानिस हुनुपर्छ ।’ प्रहरीले बिहान पिडित महिलाको स्वास्थ्य परिक्षण गरेको छ । रक्ताम्मे अवस्थामा उद्धार गरीएको महिलाको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Public humiliation
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports