Incident Reports

काठमाडौंमा ग्यासको कालोबजारी गर्ने २८३ वटा सिलिन्डरसहित पक्राउ

2016-02-02

Bagmati, Kathmandu, Budhanilakantha, Ward 11

महानगरीय प्रहरी अपराध महाशाखाले खाना पकाउने ग्यासको कालोबजारीमा संलग्नलाई २५ वटा एसटिसी तथा २५८ वटा गीता ग्याँसको सिलिन्डरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपन, आकाशे धारा निवासी राजेश भारती छन् । उनले संचालन गरेको रारा एडिएस इन्टरप्राइजेसबाट उक्त परिमाणको सिलिन्डर फेला पारिएको थियो । यस्तै कलंकीस्थित गोर्खा मनकामना तरकारी तथा कृषि बजारमा रहेको उग्रचण्डी स्टोरबाट ३२० लिटर पेट्रोल, ५० लिटर डिजल तथा १२५ लिटर मट्टितेलसहित यशोदा बजगाँईलाई समेत पक्राउ गरेको छ । केहीदिन यता अपराध महाशाखाले पेट्रोलियम पदार्थको कालोबजारी गर्नेलाई पक्राउ गर्न फेरी तदारुपता देखाउन थालेको छ । ‘हामीले नाकाबन्दी भए यता पेट्रोलियम पदार्थको कालोबजारी गर्ने थुप्रैलाई नियन्त्रणमा लिएर कारवाही अगाडी बढाएका छौं,’ अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने, ‘अहिले केहीदिन यता फेरी अप्रेसन सुरु गरेर ठूलो मात्रामा कोलोबजारी भइरहेको पेट्रोल, डिजल तथा ग्यास बरामद गर्न सफल भएका हौं । आज पक्राउ गरेको ग्यास सिलिन्डरको संख्या अहिलेसम्मकै धेरै हो ।’ शनिबार पनि महाशाखाको टोलीले १६५० लिटर पेट्रोल, ११३५ लिटर डिजल र १३५ लिटर मट्टितेल विभिन्न ठाउँबाट बरामद गरी कब्जामा लिएको थियो । उक्त परिमाणको पेट्रोलियम पदार्थसहित काठमाडौंका विभिन्न स्थानबाट ६ जनालाई नियन्त्रणमा लिएर कारवाही प्रकृया अगाडी बढाएको थियो । ‘हामी कुनै पनि हालतमा बजारमा पेट्रोलियम पदार्थको कालोबजारी भएर सर्वसाधारणले दु:ख पाएको टुलुटुलु हेरेर बस्दैनौं,’ एसएसपी खनालले भने, ‘कालोबजारीमा संलग्न जो कोहीलाई पनि कारवाही गर्छौं ।’
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Other private sectors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports