Incident Reports

धारिलो हतियार प्रहार गरी घाइते बनाउने पति गिरफ्तार

2016-01-30

Gandaki, Baglung, Jaimuni, Ward 8

शिसाखानी-५ की १९ वर्षीया कृष्णमाया थापालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा १८ वर्षीय पति मानसिंह थापालाई प्रहरीले माघ १७ गते गिरफ्तार गरेको छ । पत्नी कृष्णमायालाई शिसाखानी-९ स्थित ससुरालीमा माघ १७ गते विहान ४ बजे हँसिया प्रहार गरी घाइते बनाएर थापा भागेको भन्दै छिमेकीले प्रहरीमा जानकारी गराएका थिए । छिमेकीले दिएको मौखिक उजूरीका आधारमा प्रहरी चौकी खर्वाङले मानसिंहलाई खर्वाङ बजारबाट १७ गते नै गिरफ्तार गरेको जानकारी दिएको छ । हसिया प्रहारबाट पीडित थापाको टाउको र हातमा गम्भिर चोट लागेको पीडितले बताएकी छन् । उनको पाल्पा प्रवाशमा उपचार भइरहेको छ । वैदेशिक रोजगारीमा रहँदा ज्वाइँले काट्छु, मार्छु भन्दै फोन गरेको भन्दै एक हप्ता अघि छोरी माईतीमा आएर बसेकी उनकी आमा भिमा भुजेलले जानकारी दिइन् । ०७२ भदौमा प्रेम विवाह गरेका थापा रोजगारीको शिलशिलामा मलेसिया गएका थिए । आफु विदेश गएपछि कृष्णमाया माईतीमा आएको र घर फर्कन नमानेपछि आफु माघ १४ गते नै स्वदेश फर्केको थापाले बताएका छन् । काठमाडौंबाट पत्नीलाई लिन सिधै ससुराली जाँदा घर फर्कन नमानेपछि हँसिया प्रहार गरेको बताएको खर्वाङ प्रहरी चौकीका प्रहरी नायव निरिक्षक खिमबहादुर खत्रीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments