Incident Reports

बालिका बलात्कारका आरोपितलाई १२ वर्षकैद सजायको फैसला

2016-02-01

Province 1, Dhankuta, Dhankuta, Ward 3

एक बालिका बलात्कारका आरोपित धनकुटा नपा-५ का ५१ वर्षीय जगतबहादुर लिम्बुलाई जिल्ला अदालतले माघ १८ गते १२ कैद सजायको फैसला गरेको छ । लिम्बुले बालिकामाथि बलात्कार गरेको ठहर गर्दै उनलाई १२ वर्षकैद सजायको फैसला गरेको हो । लिम्बुले पटक-पटक बालिकालाई बलात्कार गरेको भन्दै पीडितकी आमाले ०७२ असार २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडितले प्रहरीमा उजुरी दिएपछि असार २३ गते आरोपितलाई घरैबाट गिरफ्तार गरी सोही दिन आरोपित विरुद्ध प्रहरीले जिल्ला अदालतमा जबरजस्ती करणी अन्तरगतको मुद्दा दायर गरेको थियो । जिल्ला अदालतको आदेशमा आरोपित लिम्बु साउन १५ गतेदेखि पुर्पक्षका लागि कारागार कार्यालयमा थुनामा रहेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments